आम जनता पार्टी लिएर आए प्रभु साह

काठमाडाैं | पुस १४, २०७९

आम जनता पार्टी लिएर आए प्रभु साह

काठमाडौंः   स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको स्थापना भएको छ। माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई पार्टीमा रुपान्तरण गरिएको साहले बताए। 


नवगठित पार्टीले प्रदेश अध्यक्ष, इन्चार्ज र जनवर्गीय संगठनको जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार प्रदेशको अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेसको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकीको अध्यक्षमा राजन यादव ुमनोजु र इन्चार्जमा ब्रदीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुश्वाहा र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिममा केशवराय चौधरी अध्यक्ष र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ।


त्यस्तै जनवर्गीय संगठनतर्फ आइटी आर्मीको अध्यक्षमा चन्द्र भुषण साह, इन्चार्ज प्रभु साह, आम दलित मोर्चामा चन्देश्वर बैठा र इन्चार्जमा रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम, आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह र इन्चार्जमा उमेश कुश्वाहा र आम किसान मोर्चाको अध्यक्षमा किताब तामाङ र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ। 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्